मलेसियामा आज १०६८ जना निकाे हुदा ९५९ जना नया बिरामि थपिए

everest kitchen

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे  निधन  भएकाे छ भने जम्मा निधन हुने ३९३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९५९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन  ।

मलेसियामा हालसम्म ७६ हजार २६५  जनामा संक्रमण पुष्टि भएको छ  ।  त्यस्तै मलेसियामा गएको २४ घण्टामा १०६८ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये  ६४ हजार ५६ जनाले स्वास्थ्य लाभ गरेको  मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार ७४८ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि  मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा  ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १० हजार ७४८ जनामा संक्रमण सक्रिय रहेको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।