करणी कसुर मिलापत्र गराउने ६ जना प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौँ । मोरङमा करणी कसुर पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका– ५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास र कलकनु खवास छन् । यस्तै रंगेली नगरपालिका–१ का ६७ जगत नारायण खवास तथा बेलबारी नगरपालिका– ८ का मथालु खवास रहेको प्रहरीले जनाएको छ ।

गत २४ भदौ ०७७ मा धनपालथान गाउँपालिका– ५ मा धानखेतमा मल छर्ने क्रममा बेलवारी नगरपालिका– ८ का ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई कराणी गरेका थिए । उक्त घटनालाई पाँच लाख दिएर मिलापत्र गराएको आरोपमा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।