१ सय ५० नेपाली मलेसियाको जेलमा

everest kitchen

 

काठमाडौं । रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले सो जानकारी दिएका हुन ।

गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले पहलमा मलेसियाको अध्यागमन विभाग संग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।

नेपालमा पनि धेरै बिदेशीहरु जेल पारेको प्रसंग उल्लेख गर्दै सचिव थापाले उनीहरुले पनि नेपालको कानूनले तोकेको सजाय भुक्तानी गरेर मात्र आफ्नो देश फर्किन सक्ने जनाए ।

धेरै नेपालीहरुले मलेसियाको कानून उलङ्घन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए ।मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपाली जेल पर्ने गरेका छन् ।