मलेसियामा आज १९३७ जना नया बिरामि थपिदा ९ जनाको निधन

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ९ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४११ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १९३७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म ८२ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ६८ हजार ८४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १३ हजार ७५१जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा एक हजार माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि सोही अनुसार रहेको तथ्यांकले देखाउछ ।