गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ । अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ भने भिडियोलाई सियोन श्रेष्ठको निर्देशन गरेका हुन्  । गीतमा प्रकास खड्काको छँयांकन रहेको छ ।

गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् । चलचित्र भावमा तयार भएको ‘मनले खोज्छ’ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् ।