जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

everest kitchen

पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो ।

चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो । कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले केपी ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यादेश जारी भएको बताए ।

‘बालुवाटारमा कोटबाट कलम निस्किँदा शितल निवासमा मसी पुगिसक्छ,’ केन्द्रीय सदस्य सुवेदीले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले संवैधानिक अधिकार खोसिरहेको छ ।’

समाजवादी पार्टीले यो आन्दोलन देशभर हुने बताएको छ । ओली सरकार र सरकारले गरेको कामका विरुद्ध अब जनतालाई बुझाउने र देशभर आन्दोलनका कार्यक्रम सुरु हुने उसको भनाइ छ ।