अध्यादेश बारे बुझ्न दाहाल बालुवाटारमा

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मंगलबार एकलौटी शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेश किन फिर्ता नगरेको भनेर सोध्नका लागि प्रचण्ड भर्खरै बालुवाटार पुगेका हुन् ।

खुमलटार निकट स्रोतका अनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्नका लागि मन्त्रिपरिषद बैठक नबोलाएपछि प्रचण्ड त्यहीबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको छ ।

हिँजो बुधबारमात्रै सो अध्यादेश फिर्ता लिने २ अध्यषबीच सहमति भएपनि ओलीले सो अध्यादेश फिर्ता नलिँदै आज बेलुका साढे ५ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् ।