उपत्यकामा मापसे चेकिङ सुरु,

everest kitchen

काठमाडौं । उपत्यकामा मादक पदार्थ सेवन (मापसे) चेकिङ सुरु भएको छ । मापसे चेकिङ गर्नका लागि महानगरिय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ९ महिनाअघिदेखि रोकिएको मापसे चेकिङ आजबाट सुरु भएको हो ।

मापसे जाँच गर्दा ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गर्नेगरि व्यवस्थ मिलाइएको महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । रातको समयमा मापसे जाँचमा थप कडाइ गरिएको उनले बताए । यस्तै ट्राफिक कारवाहीमा परेकाहरुलाई भने अनलाइन कक्षाकै व्यवस्था गरिएको उनले बताए ।

यस्तै सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणालीसमेत उपत्यकामा आजबाट हटेको छ ।