सभामुख सापकोटा विरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेशीमा

everest kitchen

 

काठमाडौं । सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । काभ्रेको अर्जुन लामा ज्यान लिएको प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन्। यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन।

२०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको ज्यान मुद्दामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न आदेश दिएको थियो । २०६२ सालमा काभ्रेमा लामालाई नियन्त्रणमा लिएर ज्यान लिएको आरोप छ । सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन्।