विदेशबाट फर्किने अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने

everest kitchen

 

काठमाडौं । विदेशबाट आउनेले १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अब देखि बिदेशबाट स्वदेश आएको दिनदेखि नै कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ । साथै नेपाल प्रवेश गरेको व्यक्ति वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको सुचनामा उल्लेख ।

त्यस्तै कुनै पनि संक्रमितलाई कम्तिमा १० दिन अनिवार्य आइसोलेसन बस्ने व्यवस्था गर्ने गराउने निर्णय पनि भएको छ ।