मलेसियामा कोरोना भ्याक्सिन मार्चबाट सुरुहुने

everest kitchen

मलेसिया सरकारले कोरोना भ्याक्सिन २०२१को मार्चबाट सुरु गर्ने तयारी थालेको छ ।
मलेसियाका अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामालाई बताए अनुसार मलेसिया सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका खोपहरु किन्ने प्रक्रिया सुरु गरिसकेको छ ।
मलेसियन प्रधानमन्त्री मोहम्मद यासिनका अनुसार सुरुमा खोप ३० प्रतिशत जनतालाई पुग्ने खरिद गर्ने भएता पनि केहि समयपछि बढाएर ७० प्रतिशत जनतालाई पुग्ने खोप खरिद गरिनेछ ।
फेब्रुअरीसम्म मलेसियामा आयात गर्ने र मार्चको सुरुबाट खोप लगाउन थाल्ने तयारी रहेको बताइएपनि विदेशि नागरिकको हकमा भने मलेसियन सरकारले केहि बताएको छैन ।