टुकादेवीका आचार्यका चार मुक्तक

everest kitchen

टुकादेवी आचार्य

मुक्तक १

सधैं सधैं गोंधुलीमा उनकै मेसेज् आउँछ।
किन ,किन आफ्नो भन्दा उनकै माया लाउँछ।
हरेक पल सम्झनाले सताइरहन्छ किन?
दायाँ फर्कुँ ,बायाँ फर्कुँ उनकै तस्वीर छाउँछ ।

मुक्तक २

हाटबजारमा भेट हुँदा आँखा सन्काइन् उनले
भित्र भित्रै कलेजीमा आगो दन्काइन् उनले
हासै मीठो बोली मीठो के बयान गरुँ उनको
मलाई पनि सुटुक्क त्यै मनमा थन्काइन् उनले।

मुक्तक ३

एकैछिन जूनमा पोखिएर हेरी
गुम्नाम् यात्रामा थिएँ रोकिएर हेरी
सायद यात्रा त फरक थियो हाम्रो
जानी जानी कुममा ठोकिएर हेरी।

मुक्तक ४

तिम्रो अधरमा ,लुकाएर हेरें
अलिकति नजर, झुकाएर हेरें
हराएँ तिमीमै ,बिलाएँ तिमीमै
तरेलीमा बिस्कुन,सुकाएर हेरें।