कृष्णबहादुर महरालाई स्थायी समितिमा लैजाने, प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ। आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री ओलीको निरङ्कुस, अस्थिर, असंवैधानिक, अलोकतान्त्रिक कदम भएको भन्दै पार्टीले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने’ प्रबक्ता श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्।