प्रधानमन्त्री ओली सबैतिर अल्पमतमा हुनुहुन्छ : नेता नेपाल

everest kitchen

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् ।

संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपायहरु खोजिने उनले बताए ।

उनका अनुसार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेको भन्दै उनले भने, ‘प्रतिनिधिसभाको ९० जनााको हस्ताक्षर भइसकेको छ । दुईमन्त्री, रघुवीर महासेठ लगायत जोड्दा ९५/१०० जना हुन्छ राष्ट्रियसभामा पनि २४ हस्ताक्षर भइसकेको छ ।’ साथै ‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, नेतामा रहन योग्य हुनुहुन्न उनले भने ।’