लिम्बुवान मञ्चले प्रधानमन्त्रीको कदम विरुद्ध विरोध कार्यक्रम गर्ने

everest kitchen

काठमाडौँ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रधानमन्त्रीको कदम विरुद्ध विरोध कार्यक्रम गर्नेभएको छ । मञ्चले आउँदो पुस १४ गते झापाको दमकमा लिम्बुवानले बिरोध कार्यक्रम गर्ने मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले जानकारी दिएका छन ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सिफारिसमा गरिएको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र जनताको मतको अपहेलना भएको भन्नुहुदै पुस १५ गते सर्लाही , १७ र १८ गते सुर्खेत र २० गतेदेखि एक हप्तासम्म कैलालीमा कार्यक्रम गर्ने बताएका छन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समे संसद विघटनको विषयलाई लिएर पार्टी विभाजनको बाटोमा जान खोजेको देखिन्छ भने विघटनको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।