आगो ताप्ने क्रममा जलेर महिलाको निधन

everest kitchen

 

झापा । झापाको बिर्तामोड नगरपालिका–२ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।

आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।