७ हजारमा पिसिआर परिक्षणमा ७२२ मा संक्रमण

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजारमा पिसिआर परीक्षण गरिएको छ।