बझाङका मृगौला पीडित विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको सहयोग

everest kitchen

मलेसिया । बझाङका दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा आर्थिक सहयोग गरिएको छ । विकलाई ५९ हजार ८८६ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेश बझाङ्ग केदारस्यु गाउँ पालिका वडा नम्बर ४ का मृगौला पिडित विकको परिवारको आर्थिक अवस्था दयनीय अवस्था रहेकोले सहयोग अपिललाई आत्मसात गर्दै समाजले एक अभियान सन्चालन गरि मलेसियान आरएम १०२९ सहयोग गरेको समाजको मलेसिया अध्यक्ष तुलाराम धामीले बताए । त्यस्तै सामुहिक रुपमा १०७७ संकलन भएको थियो ।

लामो समय देखि दुई वटा मृगौला फेल भएर भारत नर्थ ब्याङलोर अस्पतालमा आफन्तहरुको सहयोगबाट उनको उपचार भइरहेको आफन्तले बताए ।