देशभर थप ७४३ मा कोरोना संक्रमण, ५ जनाको निधन

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५५९ जनामा कोरोना परीक्षण गरिएको छ।