सुर्य चिन्ह र नेकपा हाम्रो हो : सुरेन्द्र पाण्डे

everest kitchen

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरन्द्र पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताएका छन । बुधबार दिउँसो निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै नेता पाण्डेले सो कुरा बताएका हुन ।

नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । दलको आधिकारिकताका लागि केन्द्रीय कमिटीका बहुमत सदस्यको हस्ताक्षर सहित निवेदन दिएको हो ।