जिन्दगी

everest kitchen

कविता- जिन्दगी

सपना न्यौपाने

आकाशमा गाउने चरा जस्तै भो जिन्दगी
धर्तीमा सुनौलो हराभरा जस्तै भो जिन्दगी
मन मुटु स्याउको विरुवा जस्तै भो जिन्दगी
दिनप्रतिदिन बढ्ने सुवा जस्तै भो जिन्दगी

मेरो मुटु इन्द्रेणीको खोल जस्तै भो जिन्दगी
समुद्रमा आउने प्रतिगोल जस्तै भो जिन्दगी
मेरो हृदय पनि सबै देखि खुशी भो जिन्दगी
अरुभन्दा फरक सोच गर्ने खुबी भो जिन्दगी

सबैलाई साथ लिए हँसाउनु जस्तै भो जिन्दगी
आँखाहरुसंग नज़र मिलाउनु जस्तै भो जिन्दगी
नज़रसँगै जीवन जीउनु जस्तै भो जिन्दगी
फाटेको मन पनि सिउनु जस्तै भो जिन्दगी ।

मुलपानी काठमाण्डौ
हाल युएई