कलैया सिटी जेसीज को ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न

everest kitchen

बारा । “कलैया सिटी जेसिज” को ११ औं साधारणसभा तथा शाखा अधिवेशनमा सम्पन्न भएको छ । सन २०२० का अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो साधारण सभाबाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी टंकेश महतो जेसी विजय गिरी उपाध्यक्ष क्रमश जेसी सन्दिप साह, जेसी श्रवण प्रसाद साह, जेसी श्याम केशरी र जेसी राहुल सर्राफ लगायतलाई निर्विरोध निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको कलैया सीटी जेसीजले जनाएको छ ।

उक्त साधारण सभामा संस्थाका पूर्वअध्यक्षहरु जेसी गंगा सागर कुशवाहा, जेसी रामबाबु कुशवाहा, जेसी रामबालक राउत, जेसी धनिलाल सर्राफ लगायत कलैया सिटी जेसिज का सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।