गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि”

everest kitchen

गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि” बोलको तामाङ सेलो गित सार्वजनिक भएको छ । लामो समय देखि प्रवसमा रहेर गीतसंगितमा क्षेत्रमा लागिरहेका लोप्चनको सार्वजनिक भएको उक्त गीत ठट्यौलि माया प्रेममा आधरित छ ।

म्हार म्हेन्दो कलाकार संघ मलेसिया,नेपाल तामाङ कलाकार संघ मलेसिया, नेपाल तामाङ घेदुङ मलेसियाका साथै विभिन्न संघ संस्थामा सक्रिय रहदै आएका लोप्चनको लोक तथा दोहोरी गीत प्रमुख भएपनि पहिलो पटक तामाङ गीत ल्याएको गायक लोप्चनले बताए।

जिबि तामाङ/चन्द्र दोङको शब्दमा रहेको “च्योक लाई म्हान्जि” गीतमा गायक तथा संगीतकार च्वाईस दोङको संगित, गायक तथा संगीतकार सानुबाबु घिसिङको एरेन्ज, दिपेश प्रधानको मिक्सिङमा अमिर लोप्चन र चर्चित गायिका शिर्जना स्याङतानको स्वर रहेको छ भने गीतलाई तामाङ सुपर स्टार डम्फु मिडियाको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।