कञ्चनपुरको एक विद्यालयमा आगलागी

everest kitchen

 

काठमाडौँ । कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा हिजो आगलागी हुँदा करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सी लगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यालयमा आगलागी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी नियन्त्रण गरिएको क्षेत्रीले जानकारी दिनुभएको छ ।‘विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन।’