संसद विघटन गरेर ठूलो गल्ती गरे : भुसाल

everest kitchen

 

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीले विधि–विधान नमानेको आरोप लगाएका छन् । उनले संसदीय दल, पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समिति सबैतिर अल्पमतमा परेपछि प्रधानमन्त्रीले विधि विधानविपरीत संसद विघटन गरेर ठूलो गल्ती गरेको भुसालले बताए ।

प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै नेता भुसालले संसद विघटन गर्ने कार्य संविधानविपरीत भएको बताए । उनले संविधान विरोधी कार्य भएकोले संसदको पुनस्र्थापना हुनुपर्ने बताए ।

‘संसदको पूनस्र्थापना हुनेबित्तिकै संविधानको रक्षा हुन्छ, सबै समस्याको समाधान गर्न सजिलो हुन्छ, ’उनले भने ।