चिनियाँ कम्युनिष्ट पार्टीका टोलीद्धारा प्रधानमन्त्रीसंग भेटवार्ता

everest kitchen

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । भेटघाटको विषयवस्तुबारे पनि केही पनि बताइएको छैन ।

त्यस्तै आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेको थियोे । सोमबार सांझ राष्ट्रपतिसंगको भेटमा टोलीले समसामयिक राजनीतिक विषयमा छलफल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।