मलेसियामा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ६४३ जना

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५९६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ६ हजार ६९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ११८१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८५ हजार ५९२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २० हजार ६४३ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १० हजार ७४८ जनामा संक्रमण सक्रिय रहेको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।