नेपाली बैंकको प्रिपेड कार्ड अबदेखि विश्व बजारमा चल्ने

everest kitchen

काठमाडौं । वाणिज्य बैंकहरुले अब डलरमा प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । अधिकतम ५ सय डलरसम्म भुक्तानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत् विदेशी सेवा आयात वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने सम्बन्धमा यस्तो व्यवस्था गरेको हो । डलर प्रिपेड कार्ड जारी भएपछि नेपाली प्रयोगकर्ताले अनलाइनमार्फत् त्यस्तो कार्डको प्रयोगबाट त्यस्ता सेवाहरु खरिद गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटमा गरिएको व्यवस्था र नेपाल राष्ट्र बैंकको विदेशी विनिमयसम्बन्धी विद्यमान व्यवस्था अनुसार यस्तो व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रिपेड कार्ड लने व्यक्तिले केवाईसी अनिवार्य भर्नुपर्ने, प्यान अनिवार्य रुपमा लिनुपर्ने, एक वर्षमा एकैपटक वा पटकपटक गरी ५ सय डलरभन्दा बढी सटही गर्न नपाउने, सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था पूर्ण रुपमा लागु हुनुपर्ने तथा यस्तो कार्डबाट भएको खर्च विवरण मासिक रुपमा राष्ट्र बैंक विदेशी विनिमय विभागमा पेश गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।