मप्रति घृणा फैलाउन कुप्रचार गरियो भिम रावल

everest kitchen

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आफुप्रति घृणा फैलाउन समाचार माध्यमले कुप्रचार गरेको बताएका छन । उनले ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएका भन्ने वाक्य आपूले कतै नभनेको समेत स्पष्ट पारेका छन् ।

“ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु।, उनले ट्वीटरमा लेखेका भएको छन, त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो।मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।’

केहि दिन अघिबाट केहि अनलाइन समाचारहरुमा नेता भिम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन’ भन्ने अभिव्यक्ति दिएको भन्ने समाचारहरु बाहिरिएको थियो ।