प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा

everest kitchen

काठमाडौं । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा गरेकाे छ । सरकारले असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले विरोध कार्यक्रम गरेको हो ।

स्याङ्जा काे विभिन्न स्थानबाट जुलुस सुरु भएको छ ।
विभिन्न स्थानबाट आउने जुलुस स्याङ्जा काे पुतलीबजार पुग्ने र शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । स्याङ्जा काे विरोध सभालाई बृहत् बनाउने नेताहरूले जनाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सदर गरेसँगै संघीय प्रतिनिधिसभा विघटन भइसकेको छ । यसका विरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन अवस्थामा चलिरहेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले यो कदम असंवैधानिक भएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।