लिम्बुवान मञ्चद्धारा पनि प्रतिनिधि सभा विघटनको बिरुद्ध विरोध प्रदर्शन

everest kitchen

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमकारी भएको भन्दै हिजो झापाको दमकमा विरोध प्रदर्शन गरेको हो ।

मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उपस्थिति समेत रहेको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध नारा लगाउदै विरोध जनाएका थिए ।