चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

everest kitchen

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उक्त गैँडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गैँडा मरेका छन् ।