आज पनि मलेसियामा नया बिरामि १८७० जना भेटिए, ६ जनाकाे मृत्यु

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८७० जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख १० हजार ४८५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ७४५ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८७ हजार ४६० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २२ हजार ५६२ जनामा सक्रिय संक्रमण रहेको छ ।