शुक्रबार सुनको मुल्यमा बृद्धि

everest kitchen

 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा शुक्रवार सुनको मूल्य ४ सयले मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ९४ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू ९३ हजार ६०० मा कारोबार भएको थियो ।