आँचल र नाजिरको “तोरी पेली तेल” को भिडियो बनाउनेलाई १ लाख ५० हजार पुरस्कार

everest kitchen

काठमाडौं ।अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ को कभर भिडियो बनाउनेले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् । जसको कभर भिडियो उत्कृष्ट हुन्छ उसले नै पुरस्कार प्राप्त गर्न भिडियो निर्माण टिमले जनाएको छ ।

डान्सिङ शैलीको उक्त गीतमा प्रेम र रोमान्स देख्न सकिन्छ । क्याडी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा नवप्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले डान्स प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा डेढ लाख नगद पुरस्कार समेत राखिएको बताएको छ ।

गीतमा शब्द, संगीत दीपक शर्माको रहेको गीतमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर रहेको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा विकाश धमलाको सम्पादन, सुबोल जोशीको कोरियोग्राफी र बुद्ध थापाको छायाँकन रहेको छ ।