सरकारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

everest kitchen

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
सरकारको कदम, असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राप्रपाले प्रदर्शन गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । पार्टीले य्रालीमा “जनता आउ, राजा ल्याउ” राजा आउ देश बचाउ, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाएका छन् ।

प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर राजावादी, हिन्दुवादी लगायत प्रदर्शनमा सहभागी छन् ।