पार्टीको किचलोको कारण संसद विघटन गर्नु दु:ख : दिनानाथ शर्मा

everest kitchen

 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्रको आन्तरिक कलहले प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताएका छन्।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेकपाभित्रको आन्तरिक किचलोले जनप्रतिनिधिको संस्था प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताए।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र संविधान अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने बताउदै उक्त विषय सर्वोच्चमा विचाराधीन रहेकोले धेरै टिप्पणी नगर्ने बताए ।