आज मलेसियामा एकैदिन सबैभन्दा बढि २२३० जना बिरामि निकाे भए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०६८ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख १५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २२३० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९१ हजार १७१जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २३ हजार ४३३ जनामा सक्रिय संक्रमण रहेको छ ।