लघुकथाकार लता केसीको लघुकथा सङ्ग्रह “चोट देखि मृत्यु सम्म” विमोचन

everest kitchen

काठमाडौं । लघुकथाकार लता केसीको “चोट देखि मृत्यु सम्म” नामक लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ। उक्त लोकार्पण अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भर्चुअल कार्यक्रम मार्फत गरिएको हो।

हाम्रो लघुकथा पाठशाला पेजकी सस्थापक एडमिन रहेकी लता केसीको यो प्रथम कृति हो। उनी दुई वर्षदेखि लघुकथा लेखनमा सक्रीय हुँदै आइरहेकी छन् ।

लोकार्पण कार्यक्रममा सुप्रसिद्ध लघुकथाकार डा रबिन्द्र समीरको विशेष उपस्थिती रहेको थियो। उनले लघुकथा र कृतिकार केसीको लघुकथाकारीता बारे चर्चा गरे। त्यसै गरि प्रमुख अतिथिको आसन बाट प्रा डा कपिल लामिछानेले केसीका लघुकथा शसक्त रहेको र लघुकथामा विविध विषयहरू समेटिएको हुनाले पाठकको मन छुनेमा विश्वस्त रहेको बताए।

कार्यक्रममा लघुकथाकार राजु क्षत्री अपुरोले पुस्तक भित्र समेटिएको आफुलाई औधी मन छोएको एउटा लघुकथा वाचन समेत गरे। लघुकथाकार कल्याण पन्तले नेपाली लघुकथा लेखनमा वर्तमान अवस्था बारे चर्चा गरे।
कृष्ण बजागाई र डा बिदुर चालिसेले कृतिकारका आगामी लघुकथाहरू अझै शसक्त बनोस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा लघुकथा समाजका उपाध्यक्ष ध्रुव मधिकर्मी , हाम्रो लघुकथा पाठशाला पेजका सक्रीय सदस्य बन्दना घिमिरे , एडमिन शुभ शर्मा , प्रभादेवी पौडेल, हेमलता उप्रेती को पनि उपस्थिति रहेको थियो।

पौडेल बिमुन्सले सञ्चालन गरेको उक्त कार्यक्रम पेजका एडमिन एवं समालोचक लेखक, सम्पादक शेखर कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।