हङकङमा बस्ने दिदिबहिनीहरुको एक समुहद्धारा “स्नेह आश्रम”लाई आर्थिक सहयोग (भिडियो )

everest kitchen

विपेन उलङगे

काठमाडौं । हङकङमा रहेको एक उर्जाशिल महिला दिदीबहिनीहरूको समूह “एचके नेप्लिज् गोल्डेन हर्ट” (HKNGH) ले कलाकार तथा समाजसेवी सुलेमान शंकर “ईकु” को “स्नेह आश्रम”लाई आर्थिक सहयोग गरेको छ ।

उक्त समुहले जाडो मौसमको कठिनाईलाई मध्येनजर गर्दै आश्रमलाई नेपाली रु ३० हजार नगद सहयोग गरेको हो । आश्रममा हाल १४ जना बालबालिकाले आश्रय लिई रहेका छन् । समाजसेवी सम्झना घिमिरे र कलाकार ईकु सुलेमान मिलेर भूकम्पपछि बच्चाहरूको घर “स्नेह आश्रम” अर्थात् “प्यारो घर” स्थापना गरेका थिए ।

एक तले घर भाडामा लिई आश्रम चलाइएकोले धेरै बच्चाहरू राख्न नसकिएकोले आगामी दिनमा आफ्नै घर निर्माण गर्न सके बच्चाहरुको लागि सजिलो हुन सक्ने भन्दै घर निर्माणको लागि आश्रमले सहयोग अपिल पनि गरेको छ ।

यस्तै, स्नेह आश्रमलाइ अहिले सहयोग आवश्यकता परेको थाहा पाएपछि आफुहरुले सकेको थोरै सहयोग गरेको समुहकी एक सदस्यले बताईन । उनका अनुसार यस समूहले गत तिहारमा हङकङको रेष्टुरेन्ट आगलागीमा परेकालाई पनि सहयोग गरेको र आगामी दिनमा स्वदेश तथा विदेशमा समस्यामा परेकालाई सहयोग गर्ने जनाएको छ ।

हाल यस ग्रुपमा ५८ जना माहिला दिदीबहिनीहरू आवद्ध छन् । हरेकबाट प्रत्येक महिना ५० हङकङ डलर जम्मा गर्ने गर्ने र उक्त रकम भैपरि आउँदा आफ्नै ग्रुपको सदस्य लगायत आफ्नो भुमिमा केही सहयोग गर्ने भन्ने हेतुले खोलिएको उनीहरूले बताए । गैरनाफामुखी यो संस्थालाई नारीहरूले मात्रै सन्चालन गर्ने उदेश्य लिएको छ । हङकङ बसोबास गरिरहेका पूर्वदेखि पश्चिमका दिदीबहिनीहरू संगठीत यस ग्रुपका केही सदस्यहरू नेपालमा पनि छन् ।

साथै, समुह सदस्यहरुमा मिना खापुङ, सुजाता थापा, माया कोरोम्जे, दाल्मु शेर्पा, तमु सानु, पक्कु चाम्लिङ, नीता लिम्बू, सारदा राई, सुशीला गौचन, सुवित्रा थापा, गोमा लिम्बू पन्धाक, सुनिता लिम्बु, रीता थलङ पलुहाङ, दिव्याना श्रेष्ठ, दीक्षा पख्रिन, लिम्बू लावती सुशीला, करुणा श्रेष्ठ
टिका खापुङ, बिनिता गुरुङ, मिना लिम्बू अनु, रसाइली लिम्बु ममता, मेनका तामाङ, श्रीजना लिम्बू पन्धाक, स्मिता खापुङ, सपना कार्की, पबी याक्खा राई, दुनियाँ पुर्जा मगर रहेका छन् ।

त्यस्तै, रञ्जिता खापुङ, सोभा गुरुङ, तमन्ना मगर, राधिका बलाल गलामी, धनमाया सुत्हरे मगर, मनु साम्पाङ राई, न्दिरा गुरुङ, मुना पुन, मिना लिम्बू, पद्मा लिम्बू, बुद्ध वनेम, मन्दिरा राई, अन्जु गुरुङ, चन्दा सुब्बा इजम, लक्ष्मी श्रेष्ठ, अरुणा राई, छिमी लामा राई, नन्दा लिम्बू, गंगा तामाङ, कला तुम्बाहाम्फे गौतम, सोनु चाम्लिङ राई, शान्ति लिम्बू, नितु गुरुङ, लामा भुटिकला लगायतका सदस्यहरु रहेका छन् ।