प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा देशव्यापी आन्दोलनको घोषणा

everest kitchen
photo file

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

साथै, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।