म्हेन्दो तामाङ कलाकार संघ मलेसिया” अबदेखि तामाङ घेदुङ् मलेसियाको विभाग रुपमा

everest kitchen

मलेसिया। मलेसियामा रहेर सक्रिय रहदै आएको म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया” अबदेखि नेपाल तामाङ घेदुङ् मलेसियाको संस्कृतिक विभाग रुपमा रहनेछ भएको छ । छुट्टाछुट्टै रुपमा रहेका यी दुइ संस्थाले आपसी समझदारी र समन्वयमा काम गर्दै आएकोमा अबदेखि एउटै संस्थाको रुपमा अघि बढ्ने भएका हुन ।

दुबै संस्थाले विज्ञप्ति जारी गर्दै म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र नेपाल तामाङ घेदुङ् मलेसिया दुवै संस्था तामाङ समुदायको हक हितको निम्ति रहेकोले हामी तामाङहरु एकै छाता मुनिका हौ जहाँ भए पनि जहाँ रहे पनि एक हुनु पर्छ भन्दै तामाङ कलाकार संघ मलेसिया लाई नेपाल तामाङ घेदुङ्को संस्कृतिक विभाग अन्तर्गत रहने गरि समन्वय गर्दै अघि बड्ने र सोही अनुरुप नेपाल तामाङ कलाकार संघ मलेसिया मलेसियामा छुट्टै संस्थाको रुपमा नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया विगत २०१७ देखि प्रबासमै रहे पनि आफ्नो भाषा , कला , संस्कृतिलाई जोगाउने उदेश्यले स्थापना गरिएको संघमा अध्यक्ष निवर्तमान अध्यक्ष फुर्वा दोर्जे मोक्तानले बताए । उनका अनुसार लामो समयदेखि दुबै संस्था बीच समन्वय रहदै आएको र अबदेखि एउटै छाता बसेर काम गर्नुपर्ने उचित देखिएकोले कलाकार संघलाई घेदुङको विभागमा राखिएको हो ।