नेपाल तामाङ घेदुङका सचिव लोप्चनको बिदाई

everest kitchen

हिमाल टाइम्स
नेपाल तामाङ घेदुङ संघ मलेसिया शाखाले आफ्ना सचिव अमिर लोप्चन तामाङको विदाई गरेको छ ।
मलेसियामा कम्पनीको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका सचिव तामाङलाई घेदुङले विदाई गरेको हो भने सोहि अबसर पारेर नेपाल आदिवासी जनजाति महासंघले पनि उनलाई आफ्ना संंस्थाको सदस्यको नाताले विदाई गरेको थियो ।
कार्यक्रममा बोल्दै बिदाई भएर जाने लोप्चनले मलेसियामा ७ बर्षको बसाईको क्रममा धेरै भन्दा धेरै साथीहरु, आफन्तहरु तथा शुभचिन्तकहरु कमाएकोले अहिले मलेसिया छाडेर जाँदा न्यास्रो लागिरहेको बताए । साथै उनले मलेसिया आउनको कारण बताउदै आफु कलाकार बन्ने चाहानाले आर्थिक रुपमा सुदृढ हुन मलेसिया आएको र अबका दिनमा कलाकारीतामा सक्रिय भएर लाग्ने पनि बताए ।
बिदाई कार्यक्रममा प्रवासी तामाङ कलाकार संघका अध्यक्ष फुर्वा दोर्जे मोक्तानले सचिव लोप्चनलाई आगामि दिनमा जुन क्षेत्रमा लागेपनि सफलता प्राप्त गर्न सकुन भन्ने शुभकामना व्यक्त गरे ।
त्यसैगरि आदिवासी जनजाति महासंघका अध्यक्ष बिपीन राईले प्रवासी नेपालीहरुले प्रवासमा आर्जन गरेको शिपलाई नेपालमा सदुपयोग गर्नुपर्ने बताउदै सचिव लोप्चनले नेपालमा पनि आदिवासी जनजातिको उत्थानको लागि बुलन्द आवाज उठाउन सहयोग गर्न आह्वान गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष जगत दोङले आफूहरु जहाँ रहेपनि सम्बन्ध र सरसहयोग सधै अटुट रहने बताए । त्यसैगरि नेपाल गएर पनि सधैं्र सम्पर्कमा रहिरहन अनुरोध गरे ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको कार्यालयमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल तामाङ घेदुङका सचिव छेवाङ पाख्रिनले गरेका थिए ।