नेकपा स्थायी कमिटीको बैठक माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा जारी

everest kitchen
photo file

काठमाडौं । नेकपा(प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित छन् । बैठक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भने पत्नी सीता दाहालको उपचारका लागि मुम्बई उडेका छन् । बैठक १२ बजेदेखि चलिरहेको र बैठकमा पार्टी एकताका बाँकी कामहरू सम्पन्न गर्ने विषयमा छलफल चलिरहेको स्थायी कमिटी सदस्य लिलामणी पौडेलले जानकारी दिए ।

आइतवार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा एक कार्यदलसमेत बनाएको थियो ।