हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षणमा २ लाख ६२ हजारबढीमा संक्रमण

everest kitchen

 

काठमाडौं । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षण हुदा २ लाख ६२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५९४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ५ हजार २८९ जना रहेका छन । हालसम्म नेपालमा १ हजार ८८५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ७ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।