गृहमन्त्री थापा विरुद्ध चितवनमा लाल गद्दार लेखिएको बेलुन उडाईयो

everest kitchen

काठमाडौं । ओली समूहको भेलालाई सम्बोधन गर्न चितवन पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध लाल गद्दार लेखेको बेलुनहरु उडाएर नेकपा कार्यकर्ताले विरोध जनाएका छन् ।

चितवनमा सोमबार दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका छन् । भेलालाई सम्बोधन गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन्। बादल चितवन आएपछि प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम पछि नेकपा भित्र दुई समुहमा विभाजन भएपछि पूर्वमाओवादी समेत रहेका गृहमन्त्री बादल ँली पक्षमाा लागेका हुन ।