नेकपा त्रिवेणी द्धारा प्रतिनिधि सभा विघटन विरुद्ध विरोध प्रदर्शन

everest kitchen

रुकुम । नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम ) को त्रिवेणी गाउँपालिकाका प्रचण्ड-माधव पक्ष नेकपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन ।

त्रिवेणी सिम्रुतु बजार एरिया लगायतका स्थानमा य्राली निकालेर विरोध प्रदर्शन गरिएको एक स्थानीय नेताले जानकारी दिए । उनका अनुसार त्रिवेणीमा रहेको नेकपाको सिंगो पार्टी पंक्ति ओलीको असंवैधानिक कदमका विरुद्ध रहेको बताए ।

विरोध कार्यक्रममा प्रदेश तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गरेका थिए ।