टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

everest kitchen

झापा । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका–३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।