नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो चयन

everest kitchen

काठमाडौं । नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको हो ।

अब प्रचण्ड–नेपाल पक्षको प्रस्तावमा महतोलाई संसदीय दलको नेता चयन भएका छन् । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।उज्यालो नेटवर्क