थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५२२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

नेपालमा गएको २४ घण्टमा ५७८ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ जना पुगेका छन ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ५ हजार २८९ जना रहेका छन । हालसम्म नेपालमा १ हजार ८८५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ७ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ